केन्याविरुद्धको टी–२० सिरिज नेपालले जित्यो

SHARE:

काठमाडौं अगस्ट ३० ।

केन्याविरुद्धको टी–२० सिरिज नेपालले हात पारेको छ ।

आज भएको अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३-२ ले सिरिज कब्जा गरेको हो । जितका लागि नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटियो । केन्याका नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ तथा शेम नेगोचेले अविजित ३३ रनको योगदान गरे। इर्फान करिमले २८ रन जोडे ।

बलिङतर्फ सन्दीप लामिछाने र बासिर अहमदले २/२ विकेट लिए। करण केसी, दिपेन्द्र सिंह ऐरी र मोहम्मद अदिल आलमले १/१ विकेट हात पारे । यसअघि नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन जोडे । ४४ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे । टी–२० अन्तरराष्ट्रियमा ज्ञानेन्द्रले प्रहार गरेको यो दोस्रो अर्धशतक हो ।

रोहित पौडेलले ४७ रनको योगदान गरे। २५ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। अर्जुन साउदले २९ तथा दिपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे । बलिङतर्फ केन्याका बार्च पटेल, शेम नेगोच र नेहेम्याह ओधियाम्बोले २/२ तथा लुकास ओलुओचले १ विकेट हात पारे । यो शृंखलापछि नेपालले केन्यासँग त्यहीँ ३ खेलको एकदिवसीय शृंखला खेल्नेछ । पहिलो खेल आगामी शुक्रबार, दोस्रो खेल आगामी शनिबार र अन्तिम खेल आगामी सोमबार हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!