आगामी निर्वाचनमा एमालेले १५० सिट जित्ने अध्यक्ष ओलीको दाबी

SHARE:

कञ्चनपुर अगस्ट ३१ ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् ।

बुधबार कञ्चनपुर पुगेका ओलीले प्रतिनिधिसभातर्फ एक्लै १५० सिट जित्ने दाबी गरेका हुन् । ओलीले भने, ‘यो गठबन्धन आफैँ बनेको होइन अरू कसैले टाउको जोडिदिएको हो। उनीहरू आफैँ जुटेका पनि होइनन् आफैँ फुट्दैनन् । तर, हामीले आगामी निर्वाचनमा एक्लै प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छौँ।’

उनले एमालेले अरूका बलमा नभई जनताको मतले जित्ने दाबी गरे। गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको उनको भनाइ छ । गठबन्धनको फुर्ति मंसिर ४ सम्म मात्र रहेको उनको दाबी छ । यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाए । महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसँग कुरा गर्न नसकेको आरोप लगाए ।

लिम्पियाधुरा लिपुलेक र कालापानीको सवालमा पनि प्रधानमन्त्री देउवाले कुरा उठाउन नसकेको उनको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!