काठमाडौं अगस्ट ३१ ।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ुनेपाल नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकु बहुमतले पारित गरेको छ ।
सिंहदरबारमा आज बुधवार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत यो विधेयक विना संशोधन बहुमतले पारित गरेको हो । सङ्घीय संसद्को दुवै सदनबाट पारित यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकोमा राष्ट्रपतिबाट साउन २९ गते आठ बुँदे सन्देशसहित प्रतिनिधि सभामा फिर्ता भएको थियो ।
यो विधेयक गएको साउन ६ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो ।






