बिसीसी युकेद्वारा ३ दिने चिल्ड्रेन समर क्याम्प सम्पन्न

SHARE:

पूर्ण गुरुङ, लन्डन ।

बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेले आयोजना गरेको ३ दिने चिल्ड्रेन समर क्याम्प गत शुक्रबार २६ अगष्टका दिन सम्पन्न भएको छ । गत २४, २५ र २६ अगष्टका दिन बिसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प आयोजना गरिएको हो ।

बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, साम्बुटा लिपी लगायतको विषयमा जानकारी गराउने उद्देश्यका साथ सो क्याम्पको आयोजना गरिएको बीसीसी युकेका प्रमुख सल्लाहकार एवंं समर क्याम्प संयोजक मेजर खुशीमान गुरुङले जानकारी दिए । उनका अनुसार बिसीसी युकेले गतबर्षबाट उक्त चिल्ड्रेन क्याम्पको शुरुवात गरिएको स्मरण गर्दै यसलाई निरन्तरता जाने बताए ।

उक्त समर क्याम्पमा ३८ जना बालबालिकाहरुले भाग लिएका थिए । उनीहरुलाई बिसीसी यूकेका धर्मगुरु टुल्कु जिग्मे सामतेनले बुद्धिजम, सामबुटा लिपी, दयालु भावबारे जानकारी दिएका थिए । त्यस्तै, लोपन नोर्बु ग्याछोले समथा ध्यान, चार आर्य सत्य, पंचशील, दैनिक पुजा विधि र अष्ट मंगलबारे सिकाएका थिए ।

बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले बीसीसी युके बारे जानकारी गराउँदै गुम्बा परिक्रमा तथा दर्शन, विभिन्न मनोरन्जनात्मक खेल लगायत बौद्ध दर्शनसंग सम्बन्धित विभिन्न चलचित्रहरु देखाएका थिए । त्यस्तै, बीसीसी युके आमा सचिव एवं प्रवन्धक शारदा गुरुङले योगा सिकाएका थिए ।

कार्यक्रमको अन्त्यमा बीसीसी युकेका धर्म टुल्कु जिग्मे सामतेन, लोपन नोर्बु, प्रमुख सल्लाहकार मेजर गुरुङ, महासचिव क्याप्टेन देब घलेलगायतले सहभागी बालबालिकाहरुलाई सहभागिताको लागि धन्यवाद सहित प्रमाण पत्र प्रदान गरे ।

गत बर्ष २९ जना बालबालिकाहरुले भाग लिएको स्मरण गर्दै बीसीसी युकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले यसपटक संख्यात्मक रुपमा भाग लिनेको संख्यामा वृद्धि हुनुका साथसाथै सहभागीहरुले बौद्ध दर्शनबारे बढी चासो लिएको, मनमा लागेका जिज्ञासाहरु सोधेको र ध्यानपूर्वक श्रवण गरेकोमा खुशी व्यक्त गरे ।

बालबालिकाहरुको अभिभावकहरुको समेत उपस्थिति रहेको उक्त ३ दिने क्याम्पमा अभिभावकहरुले क्याम्प संचालन सहयोगार्थ आर्थिक सहयोग प्रदान गरेका थिए ।

बौद्ध धर्मसंग सम्बन्धित धार्मिक पूजापाठ, बौद्ध दर्शन, सामबुटा लिपीलगायतका कक्षाहरु समेत संचालन गर्दै आएको बीसीसी युकेले आउने डिसेम्बरदेखि नेपाली कक्षा समेत संचालन गर्ने बताईएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!