एजेन्सी सेप्टेम्बर १ ।

फिलिपिन्समा बुधबार थप ३, ७६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै सङ्क्रमितको कुल संख्या ३, ८८३,९५७ पुगेको छ । यहाँको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२, २५९ पुगेको छ । त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ५० जना बिरामीको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको सङ्ख्या ६१, ८६४ पुगेको छ। करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा ७ करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ।






