नेपालमा अगस्ट महिनामा भित्रिए ४१ हजार पर्यटक

SHARE:

काठमाडौं सेप्टेम्बर २ ।

सन् २०२२ को अगस्टमा ४१ हजार पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।

पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङक अनुसार अगस्टमा ४१ हजार ३०४ जना पर्यटक नेपाल भ्रमणका लागि आएका हुन् । यससँगै सन् २०२२ को आठ महिनामा तीन लाख २२ हजार ४२६ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।

यो सिजनमा विगतका वर्षहरूमा पनि भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या कमी हुने गरेको पर्यटन बोर्डले जनाएको छ । यसअघि सन् २०१९ को अगस्टमा ७३ हजार ८१४ जना पर्यटक घुम्न आएका थिए । त्यसयता कोभिडका कारण सन् २०२० को अगस्टमा ५८४ र सन् २०२१ को अगस्टमा ६ हजार ९३ जना पर्यटक नेपाल घुम्न आएका थिए ।

सन् २०१९ को तुलनामा पर्यटक आगमन हाल ५७ प्रतिशतले रिकभर भएको बोर्डले बताएको छ । त्यस्तै, अगस्टमा नेपाल भ्रमणका लागि आउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । भारतबाट १६ हजार १४७, अमेरिकाबाट ४ हजार ६६, बेलायतबाट २ हजार ८२६, बंगलादेशबाट एक हजार ७५१, अष्ट्रेलियाबाट १ हजार २१०, चीनबाट एक हजार २८९ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!