काठमाडौं सेप्टेम्बर २ ।

राष्ट्रियसभा बैठकबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ दोस्रोपटक पास भएको छ ।
सभाको शुक्रबार बसेको बैठकले विधेयक पास गरेको हो । राष्ट्रियसभाको बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदन बिहीबार पेश भएको थियो । बिहीबारको बैठकमा सांसदको बोल्ने क्रम नसकिएकाले शुक्रबारको बैठकमा पनि छलफल भएको थियो ।
विधेयकमाथिको छलफलमा विभिन्न सांसदहरूले भाग लिएर पक्ष र विपक्ष दुवैखाले धारणा व्यक्त गरेका थिए । संघीय संसद्का दुवै सदनबाट पारित भएसँगै अब राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो विधेयक कानुनी रूपमा लागू हुनेछ ।






