उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

SHARE:

उदयपुर सेप्टेम्बर २ ।

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ ।

बेलका नगरपालिका ७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती सरिता र छोरा सुजनको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हत्या गरेको आशङ्कामा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका प्रहरीले जनाएको छ । पक्राउ पर्ने व्यक्ति नाताभित्रकै भएका प्रहरीले जनाएको छ ।

घटनास्थल उदपुरको विकट ठाउँमा पर्छ । टुक्रा–टुक्रा पारिएको अवस्थामा शव भेटिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!