लिङथेप परिवार यूकेको भेला सम्पन्न

SHARE:

लण्डन सेप्टेम्बर ४ ।

लिङथेप परिवार यूकेको पहिलो भेला सम्पन्न भएको छ ।

अल्डरसटस्थित एम्पाएर हलमा परिचायत्मक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । उत्तरमा कार्डिफ, पूर्वमा आशफोर्ड देखि दक्षिणमा सोल्सबरीलगायत यूकेको विभिन्न क्षेत्रबाट आएका दाजुभाइ, दिदीबहिनी, भानाभान्जीको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता वयोवृद्द ८० वर्षीय कालिदास लिङथेपले गरेका थिए ।

सुरक्षा सम्बन्धि जानकारी सुन्दर लिङथेप राखेका थिए भने स्वागत मन्तव्य विजय लिङथेप राखेका थिए । सो कार्यक्रममा ब्रिटिस आर्मीमा पदोन्नति भएका क्याप्टेन छत्र लिङथेप, क्याप्टेन नरेश लिङथेप र किराँत याक्थुङ चुम्लुङ यूके चुम्लुङ एवार्डबाट सम्मानित इन्द्र थक्लुङलाई सम्मान गरिएको थियो ।

विजय लिङथेपको संयोजकत्व सम्पन्न उक्त कार्यक्रममा सुन्दर लिङथेप,गोकुल लिङथेप, भीम सबिन लिङथेप,भक्त लिङथेप, छत्र लिङथेप, नरेश लिङथेप, लाल लिङथेप, केशर लिङथेप, घनश्याम लिङथेप, पर्वत लिङथेप, धन लिङथेप, राजेन लिङथेप, जित लिङथेप र ज्याकी लिङथेप दिदिबहिनीमा बिमला लिङथेप, खुशीमाया लिङथेप, हेमकुमारी लिङथेप, पुष्पलता लिङथेप, कुमारी लिङथेप र कला लिङथेपको ठूलो सहयोग र योगदानले कार्यक्रम सफल भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!