नेपाली खेलाडी टोली थाइल्यान्ड प्रस्थान

SHARE:

काठमाडौँ । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेको छ ।

आगामी साउन २ देखि ६ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा सहभागी हुन जान लागेका टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र प्रशासन विभाग प्रमुख वासुदेव आचार्यले सोमबार एक कार्यक्रमवीच बिदाइ गर्दै सफलताको शुभकामना दिए । सहभागी खेलाडीमा कृति गौतम, डिगम्बरप्रसाद पन्त, सुजन श्रेष्ठ, फिन्छोक दोर्जे लामा, सुशील पौडेल, मणिकुमार सुनुवार, सोनाम लामा, प्रकाश खड्का, मनीषा मोक्तान, आयुशा तामाङ, कृष्ण नगरकोटी, आशिष थापा, विनय लिम्बू, आर्यन रन्जित, पेमा डोल्मा तामाङ, हिरादेवी राई, रोहित राई, अशेष मगर र विवेक राईले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै टोली नेतामा नारायणदेव राणा, प्रशिक्षकमा कराते प्रमुख प्रशिक्षक शोभितराज प्रसाईं, राजेन्द्र कपाली, महेश रन्जित र देवी पुन, व्यवस्थापकमा रामकृष्ण श्रेष्ठ छन् ।

अफिसियलमा किसनराज सिंह, राधा मताङ्गी, एनिला प्रधान, हस्ना खड्गी, हरिबहादुर राउत, अच्यूतराज लामिछाने, प्रेमबहादुर कोइराला, जीवन गुरुङ, दीपक चापागाईं, विकासविक्रम शाह, अनन्त गौतम, शैलेन्द्रकुमार भुसाल, विनोद ठकुरी, कुमार कट्वाल र रोहन बानियाँ छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!