बेलायती महारानी एलिजाबेथको निधन पछि इंग्लिस प्रिमियर लिगका खेल एक साताका लागि स्थगित

SHARE:

लण्डन सेप्टेम्बर ९ ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि इंग्लिस प्रिमियर लिगका खेल एक साताका लागि स्थगित गरिएको छ ।

महारानीको सम्मान स्वरुप प्रिमियर लिगका सम्पूर्ण खेल एक साताका स्थगित गर्ने निर्णय गरिएको प्रिमियर लिगले जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रिमियर लिगले एक साताका लागि लिगका सम्पूर्ण फुटबल प्रतियोगिता स्थगित गरिएको उल्लेख गरेको हो । प्रिमियर लिगका कार्यकारी प्रमुख रिचार्ड मास्टर्सले भने, ‘हामी र हाम्रा क्लबहरु महामहिमको लामो र अटल सेवाका लागि श्रद्धाञ्जली दिन चाहान्छौं ।’

९६ वर्षीय महारानीको स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा निधन भएको छ । दुई दिनपहिले मात्रै महारानीले बाल्मोरल दरबारमै लिज ट्रसलाई नयाँ ब्रिटिश प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन् । बिहीबार बेलुका टेन डाउनिंग स्ट्रीट बाहिर उभिएर ट्रसले महारानीप्रति श्रद्धाञ्जली व्यक्त गरिन् । उनको ७० वर्ष लामो शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्रीहरु नियुक्त भएका थिए। १७ महिनाअघि ९अप्रिल २०२१०मा ९९ वर्षको उमेरमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो ।

आफ्ना पति प्रिन्स फिलिपसँग महारानी एलिजाबेथ द्वितीयले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!