काठमाडौं सेप्टेम्बर ९ ।

सरकारले बेलायती महारानी एलिजावेथको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ २५ गतेदेखि २७ गतेसम्म शोक मनाउने र देशभरिका सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।
उनको निधनमा नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै महारानीको दिगंवत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ । सरकारले बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति समवेदना प्रकट गरेको छ ।






