
जमुना पुन
बेलायत – बेलायतकी महारनी एलिजाबेथ सेकेन्डको निधनप्रति मगर संघ युकेले बेलायतको फार्नबोरोस्थित आफ्नै भवन “मगर भवन” मा सोकसभा सपन्न गरेको छ। सोकसभामा अध्यक्ष सीता पुन र महासचिब गुमान सिङ थापाले क्यान्डल प्रज्वलन गर्दै फूलको गुच्छा चढाएर दिबंगत महारानीको मृतात्माको चिर शान्तिको कामना गरेका छन। साथै यस दुखद घडीमा सोकसन्तप्त राजपरिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि प्रार्थना गरेका छन।






