नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर

SHARE:

काठमाडौं सेप्टेम्बर १२ ।

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका प्रमुख ली चान्सुले समझदारीमा हस्ताक्षर गरेका संसद् सचिवालयले जनाएको छ । समझदारी पत्रमा बेल्ट एन्ड रोड इनिसिएटिभ बीआरआई मार्फत समेत दुई देशबीच अन्तर–आबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण तथा ुइन्टर–पार्लियामेन्ट्रीु युनियन लगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संसदीय संगठनहरूको खाकाअन्तर्गत सहयोग सुदृढ गर्न दुई देशका प्रतिनिधि सहमत भएका उल्लेख छ ।

यस्तै बहुआयामिक माध्यमबाट सबै तहमा अन्तर–संसदीय आदानप्रदान र सहयोग सुदृढ गर्नेदेखि दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्क आदानप्रदान गर्ने पनि समझदारी पत्रमा उल्लेख छ । चीनको राष्ट्रिय जनकंग्रेसका प्रमुख ली चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो काठमार्डाैं आइपुगेका हुन् । टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरे प्रमुख चान्सले भोलि मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चान्सुसँग संसद् भवनमै भेटवार्ता गर्ने तालिका रहेको छ । जनकंग्रेसका अध्यक्ष चान्सुले पर्सि बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिस्ट पार्टीका दोस्रो वरीयताका नेता नेपाल आउनुलाई महत्त्वका साथ हेरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!