बीसीसी युकेद्वारा डा. धम्मपीयाको बिदाई

SHARE:

पूर्ण गुरुङ, लण्डन सेप्टेम्बर १४ ।

बुद्धिष्ट कम्युनिटी सेन्टर बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका अन्र्तराष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशन आईबीसीका महासचिव श्रेद्धय डा। धम्मापीया स्वदेश फर्केका छन् ।

उनी गत शुक्रबार ९ सेप्टेम्बरका दिन हिथ्रो एयरपोर्टबाट आफ्नो घर भारतको त्रिपुरा फर्केका हुन् । बीसीसी युकेले गत ४ सेप्टेम्बरका दिन आयोजना गरेको च्यारिटी डिनर नाईटको प्रमुख आतिथ्य ग्रहण गर्न लण्डन आएका डा। धम्मापीयालाई बीसीसी युकेले गत बिहिबार ८ सेप्टेम्बरका दिन अल्डरसटस्थित गुम्बामा एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । पहिलो चरणमा स्वागत र दोस्रो चरणमा बिदाई गरेको हो ।

बीसीसी युके अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रेद्धय डा. धम्मापीयाले समथा ध्यान मेडिटेशन गराउँदै बुद्ध धर्मबारे प्रवचन दिएका थिए । त्यस्तै, उनलाई बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र आमा उपाध्यक्ष जगना गुरुङले मायाको चिनो संगसंगै खादा लगाई बिदाई गरे । सो अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले बीसीसी युकेको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा सहभागी भएकोमा धन्यवाद ज्ञापन गरे ।

बीसीसी युकेका उपाध्यक्ष हर्क गुरुङको संयोजन एवं संचालनमा सम्पन्न भएको कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष धर्म तामाङ्ग,बीसीसी युके अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न उक्त बिदाई कार्यक्रममा श्रेद्धय डा। धम्मापीयाले समथा ध्यान मेडिटेशन गराउँदै बुद्ध धर्मबारे प्रवचन दिएका थिए । त्यस्तै, उनलाई बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र आमा उपाध्यक्ष जगना गुरुङले मायाको चिनो संगसंगै खादा लगाई बिदाई गरे । सो अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले बीसीसी युकेको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा सहभागी भएकोमा धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले गुम्बाको स्थापना, गुम्बाले गर्दै आएको विभिन्न कर्मकाण्ड, बौद्ध शिक्षा, योगा, मेडिटेशनलगायतका च्यारिटीमूलक कार्यहरुबारे जानकारी गराएका थिए । बीसीसी युकेका उपाध्यक्ष हर्क गुरुङको संयोजन एवं संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ बिईएम, निवर्तमान अध्यक्ष नरेश गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, सल्लाहकार मेजर डमर घले एमबीई, जंग बहादुर गुरुङ, ट्रष्टी मेम्बर्स मेजर कुलबहादुर थापालगायत कार्यसमिति, आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

बेलायतको विभिन्न स्थानमा धार्मिक कार्यक्रमहरुमा समेत सहभागी श्रद्धेय डा. धम्मापीयालाई पु¥याउन बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ र धर्मगुरु लोपेन नोर्बु हिथ्रो एयरपोर्ट पुगेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!