ब्रुनाईमा गोर्खा सैनिक थापाको असामयिक निधन

SHARE:

लण्डन सेप्टेम्बर १५ ।

बेलायती गोर्खा फौजको फर्स्ट रोयल गोर्खा राइफल्सका एक सैनिकको मृत्यु भएको छ ।

हाल आफ्नो बटालियन ब्रुनाईमा रहेको बेला नियमित तालिम गरिरहेको दौरानमा सैनिक जवान कर्पोरल नविन थापाको मृत्यु भएको ब्रिगेड अफ गोर्खाजद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । ‘कर्पोरल नविन थापा मगरको असामयिक निधन भएको खबर सुनाउन पर्दा बेलायती रक्षा मन्त्रालय स्तब्ध छ । गत ११ अगस्टमा ब्रुनाईस्थित आफ्नो नियमित सैनिक तालिम लिइरहँदा उनको निधन भएको थियो’, शोक विज्ञप्तिमा भनिएको छ ।

प्रथम गोर्खा राइफल्सको देल्ही कम्पनीमा कार्यरत नविन थापा नेपालमा तनहुँ जिल्लाका थिए । उनी सन् २०१३ मा बेलायती गोर्खा सैनिक छनोटमा पास भएका थिए भने सन् २०१४ देखि तालिम सुरु गरेका थिए । उनका आमा, बाबा, दिदी र दाजु हाल नेपालमा छन् ।

स्व. थापा मगरप्रति श्रद्दाञ्जली व्यक्त गर्दै बेलायती सशस्त बलका राज्यमन्त्री जेम्स हीप्पी, उनी कार्यरत फर्स्ट गोर्खा राइफल्सका अफिसर कमाण्डिङ कर्णेल ह्युगो स्टेन–टक, देल्ही कम्पनीका अफिसर कमाण्डिङ मेजर जेम्स डेभल, क्याप्टेन नरवीर गलामी, कम्पनी सार्जण्ट मेजर भविन्द्र राई, प्लाटून कमाण्डर म्याट बेनेट्, प्लाटून सार्जण्ट ओजस्वी राई, कर्पोरल विक्रम पट, लान्स कर्पोरल रितेश राई र शिव गुरुङ लगायतले उनी सुन्दर मन भएको, असल व्यक्ति, मेहनती, इमान्दार, कर्तव्यपरायण र एक बफादार सिपाहीं भनी प्रसंसा गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!