चालु आर्थिक वर्षमा विदेश जाने बढे, १ महिनामा भित्रियो ९२ अर्ब रेमिट्यान्स

SHARE:

काठमाडौं सेप्टेम्बर १५ ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिट्यान्स भित्रिने क्रम २० दशमलव तीन प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको चालु आवको पहिलो महिनामा ९२ अर्ब २१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ । अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स १७ दशमलव चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव पाँच प्रतिशतले वृद्धि भइ ७२ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव आठ प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति स्थागत तथा व्यक्तिगत–नयाँ लिनेको सङ्ख्या दुई सय २२ दशमलव ८ प्रतिशतले वृद्धि भइ ४४ हजार पाँच सय ४० जना पुगेको छ । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या समीक्षा अवधिमा ७५ दशमलव चार प्रतिशतले वृद्धि भइ २० हजार तीन सय ९० जना पुगेको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८ दशमलव चार प्रतिशतले वृद्धि भइ एक खर्ब एक अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको त्यही अवधिमा यस्तो ट्रान्सफर १५ दशमलव सात प्रतिशतले घटेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!