एनआरएनए युकेलाई स्वार्थका लागि प्रयोग गरिदैछ : नेफिन अध्यक्ष शेर्पा

SHARE:

लण्डन सेप्टेम्बर १५ ।

नेपाल आदिवासी जनजाती महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले एनआरएनएका अग्रज अभियन्ताहरुले नै व्यक्तिगत र राजनैतिक स्वार्थका लागि संस्थालाई प्रयोग गरिरहेका बताएका छन् ।

बेलायतको सम्पूर्ण नेपाली तीन सय भन्दा बढी संघ संस्थाको छाता संगठन भनेर चिनिने एनआरएनए युके केहि समयबाट आफैं बिबादित बनेको र अधिकांश जनजाती आदिवासी र भूपू गोर्खाको बसोबास रहेको बेलायतमा एनआरएनए युकेको नेतृत्वमा भूपू गोर्खाहरुले चासो देखाउनु र नेतृत्व लिन थाले पछि दुई चार अभियन्ताहरुले नेत्रित्वलाई आफ्नो हातमा लिन लागि परेको उनले बताएका छन् ।

उनले भने सत्य तर तितो बोल्नेहरुलाई आफ्नो मिठो कुरामा बिश्वास गर्ने बनाएर समुदायमा पनि फाटो ल्याउने काम गरेका छन् । आफ्नो स्वार्थका लागि कति गर्न सक्छन भन्ने ज्वलन्त उदाहरण त एनआरएनए युकेका पुर्व अध्यक्ष कुल आचार्य नै छन् । जसले आइसिसिको अध्यक्ष बन्ने लोभमा एनआरएनए युकेलाई आफ्नो मान्छेहरु महाअधिबेशनमा प्रतिनिधि पठाउन नपाएको निहुँमा लेबी पठाउन दिएनन । जब आफु अध्यक्ष बनेको दाबी गर्दै आए त्यसपछि आफ्नो आठ महिनाको कार्यकालको काम देखाउन लेबी पठाउने स्वार्थमा विभिन्न लोभ देखाएर अध्यक्षको बिरोधमा कार्यसमितिमा विवाद बढाएर आफू आईसिसि अध्यक्ष भएको हैसियत देखाएका छन् ।

जातीय गन्ध आउने गरी च्यारिटेबल संस्थामा राजनैतिक खेल खेल्ने र आदिवासीहरुलाई झुक्याउने दुख दिने परम्परागत शैली बेलायतमा अझै टड्कारो रुपमा देखिएको गुनासो गरे र उनले भने, बेलायतको समाजले छर्लंग देखेको छ र हामीले देखेको पनि यहि हो कि आफ्नो काम देखाउन कुल आचार्यले लेबी पठाउने काम गरेका छन् र जसको कारण एनआरएनए युकेमा फुटको बिउ रोप्ने काम भएको छ, तर एनआरएनए युके च्यारिटीमा दर्ता भएको र केन्द्रको बिधि बिधान अनुसार चल्न पर्ने बाध्यता नभएको विधानको धारा रट्ने वकिल भनाउदा विद्वानहरुले बुझेर पनि संस्थाको हितको बिपरितअध्यक्ष हटाएर आफू अध्यक्ष हुने दाउमा लागेका शेर्पाको आरोप छ ।

अध्यक्ष शेर्पाले थपे, ूयस्ता अभियन्ताहरुका अबैधानिक र स्वार्थी क्रियाकलापले एनआरएनएलाई नेपाल बाहिर बस्ने नेपालीहरुको साझा संस्था भनेर विश्वास गर्न गार्हो भएको सदियौंबाट आदिवासीहरुले भोगेका र उठाएका मुद्धाहरुमा केहि सुधार आएको छैन। हाम्रो समाजले एक्काइसौं शताब्दीमा आईपुग्दा पनि जनजाती आदिवासीको अस्तित्वलाई गौण मानेको छ र आदिवासीहरु पुरातन वादीहरुको स्वार्थका लागि प्रयोग भईरहेका छन्। यसको एउटा उदाहरणको रुपमा एनआरएनए अग्र पंक्तिमा रहेको कुरा छर्लंग छ । ू

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!