
१६ सेटेम्बर २०२२ – बेलायत – म्याग्दी अर्गानाइजेशन (मोना) युकेले नेपालबाट आमन्त्रित कलाकारहरु हेमन्त कान्छा रसाइली र बिमला श्रीस गर्बुजालाई बेलायतको अल्डर्शटस्थित प्यालेस रेस्टुरेण्टमा बिदाइ गरेका छन। बिमला श्रीस केहि दिन बेलायतमै रहने भएतापनि हेमन्त कान्छा भने आइतवार १८ सेप्टेम्बरका दिन नेपाल फर्कदै छन।
हेमन्त कान्छा रसाइली नेपालका चर्चित सारंगी बादक, संगीतकार, गायक, गीतकार तथा बहुप्रतिभाशाली कलाकार हुन् भने बिमला श्रीस पनि नेपालका चर्चित लोकदोहोरी गायिका, सुरिलो स्वरकी धनि तथा रुपकी रानी भनेर चिनिन्छिन। दुवै कलाकारलाई मोना युकेले हरेक बर्ष आयोजना गर्ने “नयाँबर्ष शुभकामना साँझ २०२२” का लागि निमन्त्रणा दिईएको भएतापनि प्राबिधिक कठिनाईका कारणले बेलायतमा ढिला आइपुगेका थिए।
कार्यक्रमका प्रमुख अतिथि बिमला श्रीसले मोना युकेले बेलायतमा निमन्त्रणा गरेर आफ्नो कला प्रस्तुत गर्ने मौका प्रदान गरिदिएकोमा हार्दिक धन्यवाद दिएका थिए भने बोल्नेक्रममा निकै भाबुक देखिएका थिए। उनले बेलायत बसाइको क्रममा लजिङ र फुडिङको लागि बन्दबस्त गरिदिनु भएकोमा महिला उपाध्यक्ष धना रोकालाई हार्दिक धन्यवाद दिएका थिए। उनि भाबुक भएर धेरै बोल्न सकेनन्।
अर्का प्रमुख अतिथि हेमन्त कान्छा रसाइली मोना युकेले बेलायतमा निमन्त्रणा गरेकोमा हार्दिक धन्यवाद दिनुका साथै खान र बस्नका लागि बन्दबस्त तथा सारंगीसंग: हेमन्त कान्छा एकल साँझको बन्दबस्त गरिदिएकोमा बाग्बीर पुन (Man Travel), मालिका गाउँ पालिका ४ का सदस्यहरु र मोना युकेले लगाएको ऋण बिर्सन नसक्ने बताएका थिए।
बिदाइ कार्यक्रमको बक्तब्य दिनेक्रममा मोना युकेका अध्यक्ष कुमार फगामीले मोना युकेको निमन्त्रणालाई स्वीकार गरेर बेलायत आउनुभएको र बेलायतमा नेपाली कला सस्कृतिलाई जगेर्ना गरिदिएकोमा दुवै कलाकारलाई हार्दिक धन्यवाद दिएका थिएभने जुममार्फत बरिष्ठ उपाध्यक्ष लाल पुन उपाध्यक्ष, होम रोका, उपाध्यक्ष पदम सुन्दर गर्बुजाले आ-आफ्नो मन्तब्य राखेका थिए।
बिदाइ कार्यक्रमको अध्यक्षता मोना युकेका अध्यक्ष कुमार फगामीले गरेका थिए। बिभिन्न कारणले गर्दा अध्यक्ष कुमार फगामीले आसन ग्रहण, स्वागत मन्तब्यलगायत कार्यक्रम पनि उनिलेनै संचालन गरेका थिए। आपतकालीन अबस्था सम्बन्धि जानकारी कोषाध्यक्ष राम तिलिजाले दिएका थिए।
प्रमुख अतिथिहरुमा क्रमश: हेमन्त कान्छा रसाइली र बिमला श्रीस गर्बुजा थिए। सो कार्यक्रममा मोना अन्तराष्ट्रिय समन्नय समितिका अध्यक्ष जंग पुन, बरिष्ठ सल्लाहकार, बेल बुराथोकी, सल्लाहकार दुत पुन (चिम्खोले काईला) संस्थापक सदस्य श्याम गुरुङ, महिला उपाध्यक्ष धना रोका, सचिब मन्दिप जुग्जाली, कोषाध्यक्ष राम तिलिजा, मोना युके युथ समितिका कोषाध्यक्ष अर्जुन पुर्जा पुनलगायत धेरै सदस्यहरुको उपस्थिति थियो।
उक्त बिदाइ कार्यक्रममा उपस्थित हुन नसकेपनि जुममार्फत बरिष्ठ उपाध्यक्ष लाल पुन उपाध्यक्ष, होम रोका, उपाध्यक्ष पदम सुन्दर गर्बुजालगायत अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो।






