चीनमा कोराना संक्रमित चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु

SHARE:

एजेन्सी सेप्टेम्बर १९ ।

चीनमा कोराना संक्रमितहरु चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमितहरुलाई क्वारेन्टाइन परिसरतर्फ लैजाँदै गरेको एउटा बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । चीनको दक्षिण–पश्चिमी कुईचौ प्रान्तमा आइतबार बिहान बस पल्टिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

दुर्घटनापछि बेइजिङगको ‘शून्य–कोभिड’ नीतिलाई लिएर अधिकांश मानिसहरुले अनलाइन मार्फत आक्रोश समेत व्यक्त गरेका छन् । उक्त नीति अन्तर्गत ठूलो संख्यामा सर्वसाधारणको कोरोना परीक्षण र संक्रमितहरूको पहिचान गर्ने गरिएको जनाइएको छ ।

साथै केही थोरै संख्यामा मात्रै संक्रमित भेटिए पनि शहरभरी कडा लकडाउन गर्ने गरिएको छ । बस दुर्घटनामा पर्नुको कारण भने खुल्न सकेको छैन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!