नेपालमा बन्दुकधारी समूहले चलाएको गोलीबाट एक जनाको मृत्यु

SHARE:

काठमाडौं १९ सेप्टेम्बर २०२२ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । टाउको र तिघ्रामा गोली लागेपछि उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

गोली हान्ने व्यक्तिको खोजी र घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहरा र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईलगायतको टोली अहिले घटनास्थलमा खटिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!