
जयराम तामाङ – एटा सम्बाददाता
बेलायतका महारानी एलिजावेथ द्वितीयको अन्तिम श्रदान्जली दिने क्रममा सुइण्डनमा बस्ने नेपालीहरुले पनि सुइण्डन स्थित बुखर्स्ट कम्युनिटी हलभित्र महारानी एलिजावेथ द्वितीयको तस्बिरमा फूलहरु चढाएर अन्तिम श्रदान्जली चढाएका छन्। नेपाली एसोसिएसन विल्सायरद्वारा आयोजित उक्त श्रदान्जली कार्यक्रममा सुइण्डन बरो काउन्सिलका मेयर अब्दुल अमिन, काउन्सिलर सुरेस गट्टापुर र बिबिसी विल्सायर का पत्रकारहरुको पनि उपस्थित रहेको थियो।
नेपाली एसोसिएसन विल्सायरका उपाध्यक्ष खगेन्द्र गौचनले संचालन गरेको कार्यक्रममा मेअर अब्दुल अमिन र नेपाली एसोसिएसन विल्सायरका अध्यक्ष ज्ञान प्रसाद गुरुंगले पानसमा बत्ति बालेर महारानी एलिजावेथ द्वितियालाई हार्दिक श्रदान्जली चढाएका थिए। उपाध्यक्ष्य गौचनले महारानीको बारेमा संक्षिप्तमा जनाकारी गराउदै श्रदान्जली ब्यक्त गरेका थिए। अन्तमा अध्यक्ष्य गुरुंगले उपस्थित सबैलाई धन्यबाद दिदै कार्यक्रमको बिसर्जन गरेका थिए।







