भारतको बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

SHARE:

एजेन्सी सेप्टेम्बर २० ।

भारतको पूर्वी राज्य बिहारको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

भारी बर्षासँगै चटयांङ पर्दा खेतीपातीमा ब्यस्त रहेका २१ जनाको मृत्यु भएको हो । बिहारका १० जिल्लामा चट्याङ लागेर मृत्यु हुनको संख्या पूर्णिया र अररियामा जिल्लामा बढी रहेको छ । यसैबीच, बिहारका मुख्यमन्त्री नीतिश कुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका परिवारका सदस्यलाई भारतीय रुपैयाँ चार लाख क्षतिपूर्ति प्रदान गर्ने घोषणा गरे ।

बिहारमा पछिल्लो समय भारी बर्षासँगै चट्याँङ पर्ने गरेकोले सचेत रहन, प्रतिकूल मौसममा घरबाहिर ननिस्कन तथा विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेका चेतावनीको पालना गर्न बिहार सरकारले आग्रह गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!