राष्ट्रपतिको कदमविरुद्ध अदालत जाने तयारीमा छौँ : प्रचण्ड

SHARE:

काठमाडौं सेप्टेम्बर २१ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध अदालत जाने विषयमा छलफल गरिरहेको बताएका छन् ।

बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘आजैदेखि त्यसका विरुद्ध सडकमा पनि विद्यार्थीहरु, युवाहरु आन्दोलित हुँदैछन्। अहिलेदेखि नै सुरु भइसकेको छ। र हामीले सँगसँगै यो कुरालाई लिएर संविधानको अन्तिम व्याख्या गर्ने अधिकार संविधानको व्यवस्थाले नै अदालतलाई दिएको हुनाले अदालततिर जाने भनेर हामी अधिवक्ताहरुसँग सल्लाह गर्दैछौँ।’

प्रचण्डले संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिलाई दोस्रोपटक पारित भएर आएको विधेयक प्रमाणीकरण नगर्ने अधिकार र छुट नभएको बताए। ‘तर उहाँले जबर्जस्ती संविधान मिचेर त्यसलाई प्रमाणित नगर्ने काम गर्नुभयो,’ उनले भने ।

प्रचण्डले बुधबार बिहानको गठबन्धन बैठकमा आफूहरुले यही विषयमा छलफल गरेको र संयुक्त वक्तव्य दिएको बताए। राष्ट्रपतिको यो कदम संविधान, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी मान्यताको विरुद्ध रहेको उनको भनाइ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!