कोरियाले नेपाललाई झण्डै दुई अर्ब अनुदान सहायता गर्ने

SHARE:

काठमाडौं सेप्टेम्बर २३ ।

नेपाल र कोरियाबीच दुई वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कोरियामा काम गरेर स्वदेश फर्किएकाहरुको स्थिर पुनःएकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि छुटाछुटै सम्झौतापत्रमा दुई देशका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् । प्रत्येक आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले यी दुई आयोजनाका लागि कोरिया सरकारले नेपाललाई कूल एक करोड ६० लाख अमेरिकी डलर अर्थात् झण्डै दुई अर्ब नेपाली रुपैयाँ अनुदान सहायता गर्नेछ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था कोइकाले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायसँगको सहकार्य र समन्वयमा आयोजना कार्यान्वयन गर्नेछ ।
त्यस्तै साइबर ब्यूरो परियोजना अन्तरगर्त साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण र डिजिटल फरेन्सिक ल्याब उपलब्ध गराउने र सम्बन्धित जनशक्तिको क्षमता अभिवृद्धि लगायतमा खर्च गरिने मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!