हेटौंडा सेप्टेम्बर २३ ।

हेटौंडाको उपमहानगरपालिकाको कर्रा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका ३ जना बालकको शव भेटिएको छ।
शुक्रबार साँझ बेपत्ता भएका उनीहरूको खोजीको क्रममा कर्रा खोलाको नागदहनजिकै शव फेला परेको हो । बालकहरू बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेनाको संयुक्त टोलीले खोजी गर्दा तीनै जनाको शव भेटिएको मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए ।
मृतकहरूको पहिचान भइसकेको छैन। उनीहरूको शवलाई अहिले पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लैजाने तयारी गरिएको गौतमले बताए । शुक्रबार साँझ हेटौंडा उपमहानगरपालिका(७ न्युरेनी नागदहस्थित कर्रा खोलामा पौडी खेल्न गएका ४ जना बालकमध्ये ३ जना बेपत्ता भएका थिए ।
उनीहरूमध्ये एकजना बालकको भने शुरुमै उद्धार गरिएको थियो । उद्धार गरिएका बालकका अनुसार बेपत्ता बालकहरू १० देखि १२ वर्ष उमेर समूहका छन् । उनीहरू हेटौंडा-८ कमानेबाट पौडी खेल्न गएको ती बालकले बताए ।






