बाबुरामजी र म एक अर्काका पुरक हौँ : प्रचण्ड

SHARE:

काठमाडौं सेप्टेम्बर २४ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र आफू एक अर्काको पुरक भएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धको सहयात्री समेत रहेका बाबुरामसँग समाजवादको गोरेटो नयाँ पार्नको लागि सहकार्य गरेको बताएका हुन् । उनले माओवादीहरू अलग हुँदा जनयुद्धको उपलब्धि नै खतरामा परेको बताए । ‘गत साल प्रतिनिधिसभा विघटनपछि संविधानमाथिको खतरा थियो। त्यसको प्रतिवाद गरेका थियौँ। अब संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ। निर्वाचन सफल हुनु नै ठुलो कुरा हो। निर्वाचन सफल हुँदा संविधान कार्यान्वयन हुन्छ’ उनले भने, ‘कुन पार्टीले कति सिट जित्छ त्यसले ठुलो अर्थ राख्दैन ।’

संविधान घोषणापछिको आफू र बाबुरामले अलग अलग प्रयोग गरेको भएपनि सफल नभएपछि फेरि एकै ठाउँमा जुटेको बताए । आफूहरु अलग भएपछि नेपाली क्रान्तिलाई सफल बनाउन नसक्ने निष्कर्ष निकालेको समेत उनले बताए । प्रचण्ड र बाबुरामको नाम जनताको ठुलो बलिदानीबाट आएको उनको दाबी छ । १० बर्षको जनयुद्धले ठुलो उथलपुथल ल्याएको दाबी गरे। समाजवादको लागि नयाँ खालको जनयुद्ध आवश्यक ठानेका बताए । उनले फेरि २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ खालको जनयुद्ध गर्ने संकल्प गरेपछि एकैठाउँमा केन्द्रित भएको उनको भनाइ छ ।

आफुहरुकै नेतृत्वमा मुलुकले समाजवादको नयाँ मोडल दिने दाबी प्रचण्डले गरे । पहिलेको कुरालाई बिर्सेर ठुलो उर्जासहित अघि बढ्नुपर्नेमा उनको जोड छ । नेपालमा समाजवादको मोडेल तयार पार्न लागिपरेको कारणले सहयोग गर्न उनले सबैलाई अपिल गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!