चर्चित कलाकारहरुको साथमा सुइण्डनमा दशैँ कार्यक्रम सम्पन्न

SHARE:

जयराम तामाङ – बेलायत

सुइण्डनको ग्रोसहिल स्थित पन्जाबी हलमा हिन्दुहरुको महान चाड बडा दशैं यहि २४ सेप्टेम्बर शनिबारको दिन भब्यताको साथमा सम्पन्न भएको छ।
एक्स गोर्खा सर्भिसमेनद्वारा आयोजित उक्त कार्यक्रममा स्वदेसी तथा बिदेशीहरु गरि पाँच सयको हाराहारीमा उपस्थिति रहेको थियो।

विभिन्न परिकारको खानको साथमा आयोजना गरिएको दशैं कार्यक्रममा चर्चित लोकदोहोरी गायिका अश्मिता डल्लकोटि र चर्चित लोक दोहोरि गायक रेशम निर्दोषले अति नै राम्रो गीतहरु गाएर मनोरंजन गरेका थिए।

कार्यक्रमलाइ नेपाली राष्ट्रिय गान र बेलायतको राष्ट्रियगान गाएर सुरुवात गरेको थियो। क्लबका सचिब राजन क्षेत्रीले संचालन गर्दै सुरु गरेको कार्यक्रममा भाइस अध्यक्ष धन बुढाथोकीले स्वागत गर्नु भएको थियो भने अध्यक्ष क्याप्टन रिटायर्ड देवराज गुरुङले दशैंको सन्देस दिनु भएको थियो।
स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहेको उक्त दशैं कार्यक्रमको नांचगानको भाग भने मिलन गुरुङले संचालन गरेको थियो। लोकदोहोरी गायक तथा गायिकाले गाएको गीतमा गोरिहरु पनि कम्मर मर्काइ मर्काइ नाचेका थिए।

विभिन्न प्रायोजकहरुद्वारा प्रायोजित दशैं कार्यक्रम मा विभिन्न किसिमका राफल चिट्ठाहरुको पनि ब्यबस्था गरेको थियो। प्रथम हुनेलाई आधा तोला सुन पिपल मोर्गेजले, दोस्रो हुने लाइ २०० पाउण्ड पावर लंजले , तेस्रो हुनेलाई १२९ पाउण्ड ग्रेसी ज्वेलरले, चौथो हुनेलाई ह्याम्पर गिफ्ट सेवा मोर्गेजले र पाँचौ हुनेलाई रेस्टुरेण्ट्को कुपन दिवाली रेस्तुरेण्ट्ले स्पोन्सर गरेका थिए।

कोरोनाको कारण ३ बर्ष सम्म स्थगित भएको दशैं कार्यक्रम यो पटक भने धेरै उत्साहपुर्बक धेरैको उपस्थितिको साथमा सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!