राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई सरकारले मासिक ५० हजार रूपैयाँ दिने

SHARE:

काठमाडौं सेप्टेम्बर २५ ।

सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई व्याकुल माइलालाई मासिक ५० हजार रूपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

असोज ७ गते बसेको मन्त्रिपरिषद बैठकले राईलाई मासिक ५० हजार भत्ता दिने निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलले जानकारी दिए । सरकारले यसअघि राईलाई सहज जीवनयापनका लागि मासिक २५ हजार दिँदै आएको थियो । सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ ।

थर्ड मिनिस्टेरियल कन्फ्रेन्स अन रिजनल इकोनोमिक को(अपरेशन एण्ड इन्ट्रिगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति दिने, राष्ट्रिय सतर्कता केन्द्र सतर्कता प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, क्यानडाको ओटावामा २०७९, असोज १९र२० मा हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृति दिने लगायत निर्णय मन्त्रिपरिषदले गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!