बीसीसी युकेद्वारा लोपेन नोर्बुको बिदाई

SHARE:

पूर्ण गुरुङ, लण्डन ।

बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले गुम्बाका धर्म गुरु लोपेन नोर्बुलाई बिदाई गरेको छ । आइतबार २५ सेप्टेम्बरका दिन बीसीसी गुम्बा अल्डरसटमा एक कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो । बीसीसी युकेको निमन्त्रणामा गत अप्रिलमा नेपालबाट आएका लोपेन करीब ५ महिनाको बसाई पश्चात नेपाल फर्किएका हुन् ।

बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न बिदाई कार्यक्रममा लोपेन नोर्बुले बीसीसी युकेले गरेको माया, दिएको सम्मानको प्रसंशा गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरे । सो अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र आमा अध्यक्ष उर्मिला गुरुङले लोपेन नोर्बुलाई मायाको चिनो प्रदान गरे । काठमाण्डौं सेचन गुम्बामा कार्यरत लोपेन नोर्बुले बेलायत बसाईको क्रममा बौद्ध परम्परामा आधारित धार्मिक पूजापाठ, बौद्ध शिक्षा, तिबेतनबाट अंग्रेजी तथा नेपालीमा अनुवाद, साम्बुटा लिपी कक्षा, मेडिटेशन र योगा प्रशिक्षण गराएका थिए ।

त्यस्तै, बीसीसी युकेका महासचिव क्याप्टेन देब घलेले संचालन गरेको उक्त बिदाई कार्यक्रममा बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन, खेन्पो केल्जङ्ग, आमा अध्यक्ष उर्मिला गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, महासचिव क्याप्टेन देब घले, कोषाध्यक्ष मेजर हितमान गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बिएमई, निवर्तमान आमा अध्यक्ष पुष्पा गुरुङ, प्रमुख सल्लाखकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, आमा सचिव एवं प्रवन्धक शारदा गुरुङ, आमाहरुलगायत कार्यसमिति, ट्रष्टीज, आजीवन सदस्य, भक्तजन एवं शुभचिन्तकहरुको बिशष उपस्थिति रहेको थियो ।

साथै, उक्त दिन बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे सामतेनले बौद्ध परम्परामा अत्यन्त महत्वपूर्ण मानिने पूर्व अभ्यास (ङोन्द्रो) संग सम्बन्धित मण्डलाको अभ्यास गराएका थिए । उक्त पूर्व अभ्यास प्रशिक्षण कार्यक्रमलाई बीसीसी युकेका कोषाध्यक्ष मेजर हितमान गुरुङले संयोजन गरेका थिए ।
बीसीसी युकेले आइतबार २५ सेप्टेम्बरका दिन लोपेन नोर्बुलाई औपचारिक रुपमा बिदाई गरेको भएता पनि उनी बुधबार २८ सेप्टेम्बरका दिन नेपाल फर्केका छन् । उनलाई बुधबार बिहान अल्डरसटस्थित गुम्बामा बीसीसी युकेका धर्मगुरु टुल्कु जिग्मे सामतेन, खेन्पो केल्जङ्ग, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बिएमई, उपाध्यक्ष हर्क गुरुङ, महासचिव क्याप्टेन देब घले, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, आमा सल्लाहकार लालकुमारी गुरुङ, बीसीसी गुम्बाका आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुले खादा लगाई बिदाई गरेका थिए ।

त्यस्तै, बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बिएमईले लोपेन नोर्बुलाई हिथ्रो एयरपोर्ट पु¥याई खादा लगाई बिदाई गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!