नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघ्यो

SHARE:

काठमाडौं अक्टोबर १ ।

नेपालमा डेंगी संक्रमितको संख्या ३० हजार जना नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनदेखि आजसम्म नेपालमा ३० हजार एक सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यो सरकारी अस्पताल र प्रयोगशालामा पुष्टि भएको संख्या हो । यस्तै २४ घण्टामा डेंगीका कारण एक जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३९ जना पुगेको छ ।

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट जोगिनु एकमात्र उपाय हो । यसैबीच, पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार तीन सय ३२ जनाको नमुना परीक्षण गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ९६ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या नौ सय २५ जनामा झरेको छ । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!