सहारा यूकेद्वारा पाकिस्तानका बाढीपीडितका लागि १ हजार पाउन्ड सहयोग

SHARE:

लण्डन अक्टोबर १ ।

सहारा यूकेले पाकिस्तानका बाढीपीडितका लागि १ हजार पाउन्ड हस्तान्तरण गरेको छ ।

अल्डरसट टाउन फुटबल क्लबमा शुक्रबार एक कार्यक्रमबीच सहारा यूकेका अध्यक्ष ले रि कुसाङ गुरुङले अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद आजीमलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । हालै पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै अध्यक्ष गुरुङले तत्काल त्यहाँका पीडित नागरिकका लागि सहायता होस भनेर सहयोग गरिएको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, तमुधिं यूके कोषाध्यक्ष कमल गुरुङ, सहाराका पञ्च गुरुङ, जयन्ती गुरुङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायतको उपस्थिति थियो । सहयोग ग्रहण गर्दै क्लबका अध्यक्ष पाकिस्तानका पीडितकहाँ पुर्‍याएर सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले पीडितका लागि सहयोग गरेकोमा सहारा यूके अध्यक्ष गुरुङलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए ।

सहारा यूकेको शनिबार १७ सेप्टेम्बर २०२२ का दिन बसेको साधारणसभाका बेला पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दु:ख व्यक्त गर्दै तत्काल त्यहाँका पीडित नागरिकका लागि १ हजार पाउन्ड सहयोग पठाउने निर्णय गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!