बालबालिकाका लागि मोबाइल, ट्याब हानिकारक

SHARE:

भनिन्छ प्रविधिले विकास मात्र होइन बिनास समेत ल्याउने गर्दछ । यस्तै विनाशको खतरामा बालबालिका रहेको विज्ञहरुले औल्याएका छन । आजभोलिका केटाकेटीको पहिलो साथी हो कम्प्युटर, ल्यपप्टप, टिभी वा मोबाइल । उनीहरु हरेक समय ग्याजेट्समा यति लिप्त भएर लागेका हुन्छन् कि उनीहरु ट्वाइलेटमा जादा सम्म पनि घण्टौं त्यही गेम खेल्ने, भिडियो हेर्ने तथा फिल्म हेर्ने गर्छन् ।
यो उनीहरुको स्वास्थ्यको लागि एकदम हानिकारक छ । एक रिपोर्टको अनुसार यस्ता बच्चाहरुलाई मधुमेहको पनि खतरा तिब्र हुन्छ । हालैको एक अध्ययनअनुसार लगातार यसरी डिजिटल माध्यममा बच्चाहरु लिप्त भएमा उनीहरुमा कयौ त्यस्ता समस्याहरु आउन थाल्छ, जस्तै– मोटाउने समस्या, अल्छिपना, एक्लै बस्न मन लाग्ने, पढ्न मन नलाग्ने साथै रिसाउने आदि ।
इन्सुलिन पाचन ग्रन्थीको माध्यमबाट हर्मोनको माध्यमबाट ब्लड ग्लुकोजको स्तरको बढ्नबाट रोक्छ । यसले बच्चाहरुको मधुमेह बढाउन सक्छ । बच्चाहरुलाई जति सुत्नुपर्छ, त्यति सुतेमा उनीहरुको स्मरणशक्ति बढ्छ । सेन्ट जर्ज युनिभर्सिटी अफ लन्डनको एक अध्ययनअनुसार जो बच्चा यस्ता डिजिटल माध्यमलाई बढी प्रयोग गर्छन, त्यस्ता बच्चालाई शारीरिक मानसिक सामाजिक सबै ठाउमा असर पुग्न सक्छ ।
सो अध्ययनकर्ताले बालबालिकालाई यी बस्तुहरु प्रयोगमा नियन्त्रण गर्नुपर्ने समेत सुझाएका छन । अध्ययनकर्ताले बालबालिका मोटाउने समस्या, अल्छिपना, एक्लै बस्न मन लाग्ने, पढ्न मन नलाग्ने साथै रिसाउने समस्या भएमा यसअघि जोगाउनुपर्ने समेत सुझाएका छन । अध्ययनले भनेको छ, बालबालिका बढी यस्ता बस्तुहरुको प्रयोग गर्दा समाजिक, मानसिक र शारिरीक रुपमा असर परेको देखिएको छ ।
यस्ता बस्तुहरु प्रयोगमा नियन्त्रण गर्न नसकिए समस्या थप विकाराल बन्न सक्ने अध्ययनले भनेको छ । धरै अभिभावकलाई बालबालिकालाई उल्लेखित समस्या देखिदा समेत आमाबाबाले यसबारेमा जानकारी लिन नहुन थप समस्याको रुपमा देखा परेको भनेको छ ।
यस्ता समस्याबाट जुध्नका लागि जनचेतना लगायतका कार्यक्रम नै विकल्प भएको अध्ययनकर्ताले भनेकका छन । बालबालिकाको सर्वागिण विकाशका लागि अन्य विषयहरुमा साथै नया बजारमा आएका इलेक्ट्रोनिक समानहरुको पनि नियन्त्रण गर्नु जरुरी छ । सबैले अभिभावकलाई समेत गराउन जरुरी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!