बुद्धिष्ट गुम्बा रेडिङ यूकेले किन्यो आफनै गुम्बा भवन

SHARE:


एसके गुरुङ
लन्डन ३ अक्टोबर २०२२ । रेडिङ्ग बुद्धिस्ट गुम्बा २०१८ स्थापित ११७८८७८ च्यारिटी दर्ता नम्बर मा दर्ता सस्था  लगभग साढे तिन बर्षको मेहिनेत मा सस्थाले  रेडिङ्ग को मुटुमा फराकिलो ठुलो क्षेत्र फल भएको गुम्बा भवन ८ लाख ५५ हजार पाउन्डमा  गुम्बाघर किनेको छ । नयाँ गुम्बा  घरको ३ अक्टोबर सोमबारका दिन बुद्धिष्ट गुम्बा रेडिङका मूल लामा खेन रिन्पोछे शिर लामा गुरुङले चाबी ग्रहण गरी पूजापाठ गरेका छन् ।

कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ, तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु धि युकपुर्ब अध्यक्ष  कमल गुरुङ, गोर्खा ट्राभल डाइरेक्टर एवं घाचोक सेवा समिति अध्यक्ष दिलरास गुरुङ, बुद्धिस्ट गुम्बा रेडिङका Trustee ले जसबहादुर गुरुङ,  महेश गुरुङ, मे उदयबहादुर गुरुङ MBE, गुम्बाका सम्पूर्ण सदस्य, कार्यसमितिका सम्पूर्ण सदस्यहरु, र आमा समुहको बाक्लो उपस्थिति रहेको थियो ।

गुम्बा भवन किन्न सफल भएकोमा संस्थाका अध्यक्ष इन्स्पेक्टर खेमबहादुर गुरुङ, उपाध्यक्ष कृष्णा गुरुङ,  उपाध्यक्ष नर बहादुर गुरुङ, महासचिव कमल गुरुङ, कोषाध्यक्ष मे बुद्दि गुरुङ,गुम्बा  भवन खरिद सयोजक चन्द्र मान गुरुङ , सचिब युबा राज गुरुङ आमा समुह का  अध्यक्ष  रजनि गुरुङ , आमा समुह का महासचिब उशा गुरुङ, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ,  ट्रस्टि जसबहादुर गुरुङ, मे उदयबहादुर गुरुङ, एनआरएनए यूके पूर्वअध्यक्ष पुनम गुरुङ, महेश गुरुङ, लगायत सम्पूर्ण सदस्यहरुले बधाई दिँदै खुसी व्यक्त गरे ।

रेडिङको मुटुमा रहेको  गुम्बाले  रेडिङ, स्वीण्डन, लण्डन, बेजिङस्टोक, अल्डरसट र फार्नब्रोरोका भक्तजनहरुका लागि पायक पर्ने रहेको छ । कार्यक्रमकोअन्तमा सस्थाको अध्यक्ष्य इन्स्पेक्टर खेम बहादुर गुरुङ ले संम्पुर्ण सहयोगी हात हरु लाइ , संम्पुर्ण ट्रस्टि ज्यु हरुलाई ,कार्यसमितिका साथीहरुलाई , गुम्बालाई आर्थिक र भौतिक सहयोग गर्नु हुने सम्पूर्ण चन्दा दाता हरुलाई धन्यवाद दिएका थिए ।

सस्थाका महा सचिब कमल गुरुङ ज्यु ले संपुर्ण भक्तजन हरुलाई सस्थाको ट्रस्टी बनेर सस्थालाई अझै आर्थिक रुपमा बलियो बनाउन अनुरोध गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!