झाडापखाला, हैंजा र डेंगुबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

SHARE:

काठमाडौं अक्टोबर ७ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झाडापखाला, हैजा र डेंगुबाट बच्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले अविरल भइरहेको वर्षाले झाडापखाला, हैजा र डेंगुको खतरा बढेको भन्दै यसबाट बच्न आग्रह गरेका हुन् ।
हैजाबाट बच्न पानी उमालेर वा क्लोरिन झोल प्रयोग गरेर पिउन डा. अधिकारीको आग्रह छ । साथै, व्यक्तिगत सरसफाईमा ध्यानदिन, बासी सडेगलेका खानेकुरा नखान, खानालाई छोपेर राख्न, काँचै खाना मिल्ने फलफुल र तरकारीको सरसफाईलाई विशेष ध्यान पु¥याउन डा. अधिकारीको सुझाव छ ।

उनले खुल्ला रुपमा दिसापिसाब नगर्न, चर्पीको अनिवार्य प्रयोग गर्न र दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचिमिचि हात धुन आग्रह गरेका हुन् । डा.अधिकारीले डेंगुबाट बच्न घरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फूल पार्ने भएको हुँदा पानी जम्न नदिने, घर झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन, पुरै शरिर ढाक्ने लुगा लगाउन आग्रह गरेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशका सातै प्रदेशका ७६ जिल्लामा ३१ हजार १०३ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ भने ४१ जनाको मृत्यु भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!