बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको सख्या १७ पुग्यो, मृतक सबैको सनाखत

SHARE:

काठमाडौं अक्टोबर ७ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सख्या १७ पुगेको छ ।

भरतपुरको चितवन मेडिकल कलेजमा बिहिबार राति एक बालिकाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ पुगेको हो । बिहिबार राति बारा कलैयाकी १२ वर्षीय कृतिका चौधरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बस दुर्घटनामा परी मृत्यु भएका १७ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका लीलाराज चौरसिया, चितवन खैरहनी नगरपालिका–५ की नन्दकुमारी पुडासैनी, चितवन कालिका नगरपालिकाका १५ वर्षीय सफल कँडेल, चितवन खैरहनीका मनोरथ पुडासैनी, बाराका ५५ वर्षीय राम आश्रय राय, पर्सा–१६ की मुन्ननीदेवी चौरसिया र पर्साकै सखुवा प्रसौनी गाउँपालिका-६ का दया राउत शंकर रहेका छन् ।

त्यस्तै हेटौंडा–७ की करिब ५५ वर्षीया शुभ लक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बारा–कलैया–१० का नगरिन खातुन, बारा–अमलेखगञ्जका सुरेश बिक, बारा–कलैया का इन्ताज अन्सारी, जनकपुर उपमहानगरपालिका–५ का ५० वर्षीय सन्तोषकुमार राय, ओखलढुङ्गाका करिब ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाका अम्बिका कँडेल र पर्सा–१६ का सोमप्रसाद चौरसिया रहेका छन्

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!