
भरतमणि चोङबाङ – बेलायत
यहांहरुलाई विदितै छ, यही १४ देखि २० अक्टोबरसम्म नेपालमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुंदैछ । यही प्रतियोगिता अन्तर्गत विभिन्न खेलमा प्रतिष्पर्धा गर्न बेलायतबाट ५४ जना युवा खेलाडीहरु जाने निर्णय अनुरुप उनीहरु ३-५ महिना प्रशिक्षणमा व्यस्त थिए । तर खेलको अन्तिम समयमा आएर एनआरएनए आइसीसीका केहि गैर जिम्मेवारी सदस्यहरुको गैर जिम्मेवारीपूर्ण कार्यको कारणले गर्दा उनीहरु प्रतियोगितामा जानबाट वञ्चित भएका छन् ।
यसप्रति एनआरएनए यूकेको गम्भीर ध्यानाकर्षण भएको छ । यही विषयमा थप जानकारी दिने उद्देश्यले आउंदो ७ अक्टोबर, शुक्रबार सांझ ६.४५ बजे हामीले खेलाडीसहित एनआरएनए यूके स्पोर्टस कोअर्डिनेशन काउन्सिलका पदाधिकारी र सल्लाहकारहरुको उपस्थितिमा एक भर्चुअल पत्रकार सम्मेलन राखेकाले त्यसमा सहभागी भइ यसको प्रचार प्रसार गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
Zoom ID: 211 695 2030
Passcode: 1234
https://us02web.zoom.us/j/2116952030?pwd=aG1mcjdaYlJieWV3VnBrTDJNV24rUT09






