पूर्वनिर्धारित समयभित्रै उम्मेदवारी दर्ता गर्न दललाई निर्वाचन आयोगको निर्देशन

SHARE:

काठमाडौं अक्टोबर ८ ।

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार हुने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको काम निर्धारित समयभित्रै गर्न निर्देशन दिएको छ ।

शनिबार आयोगले पत्रकार सम्मेलन गरेर निर्वाचन कार्यक्रम परिर्वतन गर्न सुझाव आएपनि पूर्वनिर्धारित कार्यक्रममा परिमार्जन नगर्ने जानकारी दिँदै समयमै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन, समानुपातिक तर्फको उम्मेदवारी दर्ताका लागि २ दिनको समय दिए जस्तै प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि पनि समय बढाउन माग गरेपनि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय परिर्वतन नगर्ने स्पष्ट पारेका छन् ।

विगतमा २ दिन उम्मेदवारी दर्ता गर्ने समय दिँदा पनि दलहरू दोस्रो दिनको अन्तिम समयमा आएर उम्मेदवारी दर्ता गर्ने गरेको आयोगको अनुभव रहेको बताउँदै प्रमुख आयुक्त थपलियाले उम्मेदवारी दर्ता गर्नका लागि कुनै वाधा आएमा भने आयोगले सहयोग गर्ने जानकारी दिए । प्रमुख आयुक्त थपलियाले उम्मेदवारी मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने पनि स्मरण गराउँदै उम्मेदवारी मनोनयनका लागि उम्मेदवारहरुको भौतिक उपस्थिति अनिवार्य नरहेको पनि जानकारी दिए ।

दलको आधिकारिक पत्र, वारेशनामा र मतदाता परिचय पत्रको निस्सा भए मनोनयन गर्न सकिने व्यवस्था निर्वाचन अधिकृतको कार्यालयमा गरिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर निर्वाचनको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा जान मन्त्रीहरुलाई रोक लगाइएको बताएका छन् । निर्वाचन आयोगले आसन्न निर्वाचनको दिन मंसिर ४ गते यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्नका लागि अनुमति दिने भएको छ ।

ज्येष्ठ नागरिक, अशक्त, मतदान केन्द्र भन्दा धेरै टाढा भएका मतदाताहरुका लागि पनि यातायातको साधन व्यवस्थित ढंगले संचालन गर्न अनुमति दिने निर्णय आयोगले गरेको छ । त्यसका लागि आयोगले यातायात व्यवस्था विभाग, गृह मन्त्रालय र नेपाल प्रहरीका प्रतिनिधिहरु रहेको कार्य दल गठन गरी त्यसले दिएको सुझावको आधारमा सोही निर्णय गरेको हो। निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न हुने गरी निर्वाचन सुरक्षा व्यवस्था पनि मिलाइएको आयोगले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!