निलम्बित कप्तान लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति

SHARE:

काठमाडौं १० अक्टोबर २०२२ । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन म्याद थप गरेको छ । अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको हो ।

प्रहरीले आज सोमबार लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो । म्याद थपका क्रममा न्यायाधीश दयाराम ढकालसमक्ष आफू निर्दोष भएको र आफूले जबरर्जस्ती करणी नगरेको जिकिर गरेको अधिवक्ता शक्ति पाठकले जानकारी दिए ।

अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएको र नाबालिका नभएकोसमेत न्यायाधीश समक्ष राखेका छन् । लामिछानेलाई पहिलो पटक म्याद थप गर्न अदालतमा लगिएको हो र दोस्रो म्याद थपका लागि यही असोज २७ गते अदालत पेस गर्नुपर्नेछ ।

लामिछानेलाई नाबालिकामाथि जबरर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो । दसँै बिदापछि आजदेखि अदालत खुलेको हुनाले म्याद थपका लागि लगेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!