बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

SHARE:

काठमाडौं अक्टोबर ११ ।

बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन सत्ता गठबन्धनमा आवद्ध दलहरूले निर्देशन दिएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेता कार्यकर्तालाई भोलि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन गठबन्धनका शीर्ष नेताहरुले निर्देशन दिएका हुन् । ुनिर्वाचन आयोगले तोकेको समयसीमा भित्र उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्काशन गर्नेु, आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ।​

सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सहमतिविपरीतका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीका निकायहरूलाई भूमिका खेल्न भनेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!