नेपालमा पछिल्लो चौबिस घण्टामा बाढी पहिरोमा परी १७ जनाको मृत्यु, १७ जना बेपत्ता

SHARE:

काठमाडौं अक्टोबर ११ ।

पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ ।

ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कालिकोट, मुगु, हुम्ला र बाजुरमा बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

बाढी र पहिरोमा परी बाजुरामा १, हुम्लामा ४, मुगुमा ८, कालिकोटमा ३, र जुम्लामा १ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी कालिकोटमा १७ जना बेपत्ता भएका छन् ।

बाढी र पहिरोले बितेको चौबिस घण्टामा ७३ लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!