प्रेस वक्तब्य: एनआरएनए युके

SHARE:

प्रेस वक्तब्य

भरतमणी चोङवाङ
प्रवक्ता
गैर–आवासीय नेपाली संघ, बेलायत

बेलायत – २००३ सालमा स्थापना भई नेपाल सरकारले समेत मान्यता दिएको सस्था गैर–आवासीय नेपाली संघ (एनआरएनए) विगत केही समयदेखि स्वार्थ समुहले विवाद सिर्जना गर्ने र व्यक्तिगत फाइदा लिइरहेको सबैमा सर्वविदितै छ । स्थापना भएको १९ बर्षे इतिहासमा गैर–आवसीय नेपाली संघ (एनआरएनए) ले विभिन्न आरोह अवरोह पार गरिसकेको छ । स्थापनापछि अहिलेसम्म संघले गति लिन नसकेको सत्यता लुकेको छैन ।

३१ जुलाई २०२१ मा सम्पन्न नवौं महाधिवेशनले निर्वाचित गरेका नयाँ कार्यसमितिले संस्थाको दिगो विकासका लागि दीर्घकालिन योजनाहरुका साथै महत्वपुर्ण कार्य गर्दै आएको सबैमा जगजाहेर छ । एनआरएनए स्थापनापछि हुन नसकेको कामहरुलाई सम्पन्न गर्ने संस्थाभित्र हुदै आएको भ्रष्टचार र अन्य विकृतजन्य कुराहरुलाई रोक्ने कार्य प्राथमिकताका साथ सम्पन्न भईरहेको छ । संस्थाको विकास र अन्य विकृतजन्य कुराहरुलाई रोक्ने कार्य स्वार्थ समुहहरुलाई मनपरेको थिएन । जसको फलस्वरुप केही महिनादेखि वैधानिक रुपमा निर्वाचित अध्यक्ष प्रेम गाहामगरमाथि स्वार्थ समुहहरुले मोर्चाबन्दी र घेराबन्दी गरेर संस्थालाई कमजोर बनाउने कोशिस गर्ने गरिरहेको छ ।

कार्यसमिति र त्यसबाहेकका स्वार्थपूर्ति गर्नमा उद्दत व्यक्तिहरुले संस्थाको रकमलाई अपचलन गर्नुको साथै संस्था विरुद्ध गतिविधिहरु गर्ने गरिरहेका छन । अध्यक्षलाई जानकारी नदिई तत्कालीन उपाध्यक्ष नारायणदत्त कँडेल, सुनिलबाबु खड्का र कोषाध्यक्ष विष्णु खरेलले संस्थाको रकम ३८ हजार २ सय ८५ पाउन्ड ७३ पेन्स २८ जुलाईमा अपचलन गरे । अपचलन भएका रकमबारे प्रश्न गर्दा स्वार्थ समुहमा लागेका व्यक्तिहरुले अध्यक्ष विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने आइसीसीलाई पदमुक्त गर्न उक्साउने काम समेत गरे । जसबाट संस्थालाई विकृत बाटोतर्फ उन्मुख गराउने काम भईरहेको सबैमा जानकारी नै छ ।

संस्था हित विपरित कार्य गर्ने उपाध्यक्ष, सुनिलबाबु खड्का, महासचिव खुशी लिम्बू र कोषाध्यक्ष बिष्णु खरेललाई बर्खास्त गरिएको छ भने बाँकी संस्था हित विपरित कार्य गर्नेहरु कारवाही प्रक्रियामा रहेका छन । बर्खास्त भएका त्यस्ता स्वार्थी व्यक्तिहरुले गैर–कानुनी रुपमा विशेष साधारणसभा बोलाउने, विभिन्न सन्देश प्रवाह र संस्था हित विपरित क्रियाकलाप गरिरहेका छन । १ सय ३ वटा संघसंस्था र ११,३६३ संख्यामा पञ्जिकृत सदस्यहरुको छाता संस्था गैर–आवासीय नेपाल संघ (एनआरएनए) बेलायतलाई विकृतितर्फ उन्मुख बनाएकाले त्यस्ता क्रियाकलाप रोक्न आवश्यक भण्डाफोर गर्नका लागि हामी सम्पुर्ण बेलायत दाजुभाई दिदीवहिनीहरुमा हार्दिक अपिल गर्दछौं ।

सामाजिक एकता र सद्भाव बिथोलेर बेतिथि निम्ताउने त्यस्ता समूहलाई बहिष्कार गरी आफ्नो आवाज बुलन्द गर्दै थिती कायम गर्नका लागि भुमिका खेलिदिनु हुन सम्पर्णप्रति हामी हार्दिक आब्हान गर्दछौं । सामाजिक सद्भाव र आपसी एकता खलबल्याउन उद्यत रहेका समुहहरुले १८ अक्टोरमा बोलाएको कथित साधारणसभा आधिकारिक नभएको र उक्त साधारणसभालाई विश्वास नगरी दिनु हुनका साथै भण्डाफोर गर्नका लागि सम्पुर्ण समक्ष अनुरोध गर्दछौं ।

त्यस्ता भेला केका लागि र किन ? पदको लोभ हुनेहरु निर्वाचनमार्फत आए कसैले रोकेको छैन् । तर, निर्वाचित अध्यक्ष र कार्यसमिति हुदाँ हुंदै सामाजिक सद्भाव र आपसी एकता खलबल्याउन उद्यत त्यस्ता समूहको हामी भण्डाफोर गर्दै कथित अधिवेशन रोक्न आफ्नो तर्फबाट हरदम प्रयास रहने पनि अवगत गराउन चाहन्छौं । गैर–कानुनी गरिएको अधिवेशनबाट आउने प्रतिकुल परिणामप्रति गैर–आवासीय नेपाली संघ (एनआरएनए) जिम्मेवार नरहने पनि यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौं ।

यसका साथै यही १४ देखि २० अक्टोबरसम्म नेपालमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न बेलायतबाट जान लागेका ५४ जना युवा खेलाडीलाई अन्तिम समयमा आएर एनआरएनए आइसीसी, एनआरएनए स्पोर्टस एकेडेमीका संयोजक जीवन सेन एवं सदस्य सचिव धर्मराज गिरीले विचल्ली पारेको सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । समाजलाई विभाजित गर्ने व्यक्ति र समुहहरुको पहिचान गरी सामाजिक बहिष्कार गर्नका लागि यसै बक्तव्य मार्फत अनुरोध गर्दछौं ।

भरतमणी चोङवाङ
प्रवक्ता
गैर–आवासीय नेपाली संघ, बेलायत

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!