सत्ता गठबन्धनले सात वटै प्रदेशमा संयुक्त भेला गर्ने

SHARE:

काठमाडौं अक्टोबर १५ ।

सत्ता गठबन्धनले सात वटै प्रदेशहरूमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने भएको छ ।

आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेश स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका हुन् । कात्तिक पहिलो हप्तादेखि सुरु हुने भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । भेलालाई सफल बनाउन सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षलेहरुले सहजीकरण गर्नेछन् ।

पहिलो भेला नेकपा एकीकृत समाजवादीको समन्वयमा ४ गते गण्डकी प्रदेशको पोखरामा र ४ गते नै नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा हुनेछ । कात्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कात्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना हुनेछ ।

अन्तिम भेला ७ गते माओवादीको समन्वयमा काठमाण्डौमा हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!