टी–२० महिला एसिया कप क्रिकेटको उपाधि भारतलाई

SHARE:

एजेन्सी अक्टोबर १५ ।

भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

बंगलादेशको सिलहटमा आज भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो । श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर ६९ बल बाँकी छँदै भेट्टायो । भारतको जितका लागि स्मृति मन्धनाले नटआउट ५१ रन बनाइन् ।

कप्तान हरमनप्रीत कौरले पनि नटआउट ११ रन बनाइन् भने सेफाली बर्माले ५ र जेमिमा रोड्रिगेज २ रन जोडिन् । अहिलेसम्म महिला एसिया कप ८ पटक भएको छ । भारतले एउटा संस्करणमा मात्र उपाधि विहीन भएको थियो ।

महिला एसिया कपको सुरूवात सन् २००४ मा भएको थियो । त्यतिबेला यो प्रतियोगिता एक दिवसीय थियो । २०२२ मा पहिलो पटक यसको स्वरुप बदलेर टी–२० बनाइएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!