आदिवासी जनजाती महासंघका पूर्वमहासचिव डा. ओम गुरुङको निधन

SHARE:

काठमाडौं १७ अक्टोबर २०२२ । पहिचानवादी नेता, नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री डा. ओम गुरुङको निधन भएको छ ।

६८ वर्षका डा. गुरुङको सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । गुरुङको निधनबारे पारिवारका सदस्यलाई उद्धृत गर्दै नेपाल आदिवासी जनजाती महासंघका पूर्वउपाध्यक्ष गोविन्द छन्त्यालले पुष्टि गरे ।

अस्पतालमा सोमबार दिउँसो १:४५ बजे निधन भएको हो । उनमा क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछि नेपालमा पनि क्यान्सरको उपचार हुँदै आएको हो । आइतबार उनलाई अफ्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको थियो । त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गर्नुभएका गुरुङको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो ।

१९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!