लण्डन अक्टोबर १७ ।

बेलायतको म्यानचेस्टरस्थित चिनियाँ कूटनीतिक नियोग परिसरमा हङकङका प्रजातन्त्र समर्थित एकजना प्रदर्शनकारीलाई तानेर कुटपिट गरिएको छ ।
बाहिरबाट आएका अज्ञात पुरुषहरूको एक समूहले ती प्रदर्शनकारीलाई नियोग परिसरभित्र जबर्जस्ती तानेर अचानक कुटपिट गरेको थियो । प्रहरी र अन्य प्रदर्शनकारीको मद्दतले उनी थप आक्रमणबाट बच्न सफल भएका थिए ।
नियोगका प्रवक्ताले प्रदर्शनकारीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अपमान गर्ने खालको तस्बिर प्रदर्शन गरेको बताएका छन् । बेलायती विदेश विभागले तत्काल घटनाबारे स्पष्ट जानकारी लिने प्रयास भइरहेको जनाएको छ । ग्रेटर म्यान्चेस्टर प्रहरीले यसबारे अनुसन्धान थालिसकेको छ ।
बोब नामक ती पीडित प्रदर्शनकारीले बीबीसी चाइनिजलाई भनेका छन्, ूमुख्य भूमि चीनका बाहिरबाट आएका मानिसहरूले हामीले बोकेका पोस्टरहरू च्यातेका हुन् ।






