
बेलायत – मोना युथ क्लब युकेको देउसी भैलो कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ। सो कार्यक्रम आइतवार १६ अक्टुबर २०२२ को दिन बेलायतको अल्डर्शटस्थित एम्पायर हलमा सम्पन्न भएको थियो।
कार्यक्रममा नेपालबाट कलाकारहरु बिलन थापा, बिमला श्रीस, गीता पाइजा, गगन पुन र रेश्मा पुन र स्थानीय कलाकार मनसुधन थापाले देउसी भैलोका गीतहरु प्रश्तुति गरेर शुरुआत गरेका थिए। सो कार्यक्रममा उक्त कलाकारहरुले आ-आफ्ना गीतहरु प्रश्तुत गर्नका साथै दोहोरी पनि प्रश्तुत गरेका थिए।
उक्त देउसी भैलो कार्यक्रममा स्थानीय कलाकार गङ्गा पुर्जाले आधुनिक तथा पप गीतहरु प्रश्तुत गरेका थिए भने मोना युथ क्लबका कलाकारहरुले धमकादार नृत्यहरु प्रश्तुत गरेका थिए।
देउसी भैलो कार्यक्रमको अध्यक्षता मोना युथ क्लबका अध्यक्ष प्रविन रानाले गरेका थिए भने कार्यक्रम संचालन सचिब अर्जुन पुनले गरेका थिए। कार्यक्रममा मोना युकेका अध्यक्ष कुमार फगामी, बरिष्ठ उपाध्यक्ष लाल पुन, उपाध्यक्ष धना रोका, महासचिब मन्दिप जुग्जाली, संस्थापक अध्यक्ष दलमान पुन, निबर्तमान अध्यक्ष योगकुमार फगामीलगायत सयौंको उपस्थिति रहेको थियो।









