नेपालमा नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सार्वजनिक

SHARE:

काठमाडौँ १८ अक्टोबर २०२२ । नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’ सुरु भएको छ । नेपालमा बढ्दो रुपमा रहेको ‘राइड सेयर एप’को भीडमा जाउँ गुरु प्रा.लि.ले आइतबार काठमाडौंमा कार्यक्रमबीच ‘जाउँ गुरु’को औपचारिक उद्घाटन गरेको हो । यस कम्पनीमा तीन युवाहरु इन्द्रहाङ लिङ्देन, खुसी लिम्बु र दिवाकर अर्यालले सामूहिक लगानी गरेका छन् ।

प्रवासमा रहेका लिङ्देन र लिम्बु लन्डनमा बसेर व्यापार व्यवसाय र समाजसेवामा आबद्व छन् भने अर्यालले युथ पार्लियामेन्ट नेपाल संस्थाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा युवाका सवालमा क्रियाकलाप गर्दै आक्षरहेका छन् । जाउँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्तीलगायत अनलाइन पेमेन्ट सिस्टमबाट भुक्तानी गर्न सकिने र २४ सै घण्टा कल सेन्टर सेवालगायत सुविधा रहेका छन् ।

मोटरसाइकल र ट्याक्सी राइडर यस संस्था/एपसँग आबद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्नु, चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरु जो कोहीले रिफर गरेबापत कमिसन पाउने व्यवस्था, आपतकालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ ।

जाउँ गुरुले बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्यांकर र जिप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने जनाएको छ । यससँगै काठमाडौंमा बसोबास गर्नेहरुलाई कोठा सर्नका लागि मिनी ट्रक, बाइकको डेलिभरी, खानेपानी आपूर्ति र लामो दूरीका लागि जिप भाडामा लिन सकिनेछ ।

जाउँ गुरुका अध्यक्ष रहेका इन्द्रहाङ लिङ्देनले अहिले काठमाडौं उपत्यकामा मात्र सेवा उपलब्ध भएको र आगामी दिनमा मोफसलमा पनि विस्तार गरिने बताए ।

कार्यक्रममा गैर-आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष बद्री केसीले सामान्य बोलीचालीको भाषामा सवारी चालकलाई गुरु भन्ने गरिएको र त्यही शब्दबाट एपको निर्माण गरिएकोले नामाकरण निकै राम्रो भएको बताए ।

अभिनेत्री करिश्मा मानन्धर र अभिनेता दयाहाङ राईले नेपालीले नेपालमै बनेको एप भएकाले सबैलाई प्रयोग गर्न सुझाव दिँदै आफूहरुले पनि सदैव उक्त एपको प्रयोग गर्ने प्रतिबद्वता जनाए । चलचित्र निर्माता एवं कवि उपेन्द्र सुब्बाले पछिल्लो समय अन्य एपहरु अलि अव्यवहारिक, झन्झटिलो र महँगो भइरहेको बेला जाउँ गुरुले सस्तो, सुलभ र यात्रुहरुलाई सहज सेवा दिनुपर्नेमा जोड दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!