बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

SHARE:

काठमाडौं अक्टोबर १९ ।

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो । सुप प्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । ‘६ जनाको शव भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी जागेश्वर भण्डारीले भने, ‘घाइतेहरूलाई अस्पताल पठाइरहेका छौँ । विस्तृत विवरण आउन केही समय लाग्छ ।’

मृतक र घाइतेहरुको पहिचान भने खुलेको छैन । उनका अनुसार जिप टुक्राटुक्रा भएको छ। अहिले प्रहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन् । घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल सिमखेतमा पठाउने काम भइरहेको छ। जिप सडकबाट २ सय मिटर तल खसेर भीरमा अड्किएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!