काठमार्डौ अक्टोबर २१ । .

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा आबद्ध दलहरूले एक–अर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने जिकिर गरेका छन् ।
आज शुक्रवार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनका दलहरूले एकअर्कालाई भोट नहाल्नु आत्मघात गरेजस्तै हुने बताएका हुन् । उनले गठबन्धनको अर्को मित्रलाई जिताउन आँट नगरेमा आफूले पनि जित्न नसक्ने भन्दै उम्मेदवारलाई सचेत गराए ।
अध्यक्ष प्रचण्डले वामपन्थी र लोकतन्त्रवादी शक्तिहरू मिलेर नै देशमा ठूला–ठूला परिवर्तन सम्भव भएको भन्दै प्रतिगमनलाई परास्त गर्न मिलेर अगाडि जानुपर्ने बताए । उनले गठबन्धनभित्र जहाँ जसको उम्मेदवारी छ उसैलाई जिम्मेवारीबोध र खुसीका साथ भोट हाल्न पनि आग्रह गरे ।






